हाम्रो प्रतिभा हाम्रो सहकारी सबैका लागी सधैंका लागी

कृष्ण प्रसाद शर्मा

अध्यक्ष

केदार तिमल्सिना

व्यावस्थापक / गुनासो अधिकारी

परिचय

सहकारी मार्फत सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरण गर्ने उद्देश्यले यस सहकारी संस्था २०५७ साल असार ५ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता गरिएको हो । सहकारीको विश्वब्यापी मुल्य र सिद्धान्त अनुसार यस संस्थाले आफ्नो स्थापना काल देखि नै सदस्यहरुको सेवा र सामाजिक उत्तरदायित्व बहन गर्ने कार्य गरिरहेको छ ।

“दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै सदस्यहरुको आर्थिक, सामाजिक र सास्कृतिक रुपान्तरणको लागि सहकार्य गरिरहेको यस संस्थाको स्वीकृत कार्यक्षेत्र ललितपुर, काठमाण्डौं, भक्तपुर, काभ्रेपलान्चोक, धादिङ, मकवानपुर र चितवन जिल्लाभर रहेको छ । सदस्यहरुको वित्तिय समाधानको पहिलो रोजाईको रुपमा रहने परिकल्पना र सदस्यहरुलाई सर्वसुलभ उचित, प्रतिस्पर्धी, गुणस्तरिय वित्तिय तथा गैर वित्तिय सेवा तथा परामर्श प्रदान गरी आर्थिक सामाजिक विकासमा योगदान पु¥याउने ध्येय यस संस्थाको रहेको छ ।

बहुउद्देश्यीय परियोजना अन्तरगत ललितपुरको ठेचोमा कृषि तथा पसुपालन परियोजना र नख्खुमा सहकारी कृषि बजार सञ्चालन गरेका छौं । कृषि तथा पसुपालन परियोजना विस्तार र व्यवस्थापनको लागि ललितपुरको लेलेमा ३२ रोपनी जग्गा खरिद गरी परियोजनाको संभाव्यता अध्ययन भईरहेको छ । स्थापना कालिन समयमा २५ जना सदस्यहरुबाट स्थापना गरिएको यस संस्थामा हाल ८००१ जना महिला २५२३ जना पुरुष गरी जम्मा १०५२४ जना शेयर सदस्यहरु आवद्ध भएका छन् । कुल सदस्यहरुबाट यस आ.व ०७५/०७६ सम्म शेयर संकलन रु ४,७९,७२,६००/– रुपैंयाँ, बचत संकलन रु ४९,५१,८५,५३८/– रुपैयाँ गरी सदस्यहरुको ब्यवसाय प्रर्वधनको लागि ४४,७७,६६,५४७/– पैसा ऋण लगानी गरिएको छ । सदस्यहरुको साथ, सहयोग, विश्वास र भरोसाको कारण हामीले सहकारी संस्था र विभिन्न परियोजनाहरु समेत गरी ५२ जना पुर्णकालिन कर्मचारीहरु मार्फत गुणस्तरिय सेवा प्रदान गरिरहेको छ ।

सहकारी कानून

सहकारी ऐन २०७४

सहकारी नियमावली २०७५

प्रदेस ३ सहकारी ऐन २०७६

सदस्यहरुको वित्तिय तथा गैर वित्तिय समाधानको पहिलो रोजाई प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ललितपुर ।

सदस्यहरुलाई सर्वसुलभ उचित, प्रतिस्पर्धी, गुणस्तरिय वित्तिय तथा गैर वित्तिय सेवा तथा परामर्श प्रदान गरी आर्थिक सामाजिक विकासमा योगदान पु¥याउने ।

(क) सहकारीको सिद्धान्तलाई अवलम्बन गर्ने ।
(ख) दैनिक उपभोग्य विविध सामग्रीहरुको आवश्यक मात्रा र परिणाममा खरिद गरी सञ्चय एवम् भण्डारको व्यवस्था गरी परिचालन गर्ने ।
(ग) उपभोक्ताहरुलाई उत्पादनशील, सीप मुलक आय आर्जन क्षमता बृद्धि गर्ने कार्यक्रममा सहभागि गराई उनीहरुको जीवन स्तर एवम् आर्थिक स्तरमा सुधार गर्न जोड दिने ।
(घ) संस्थामा सम्लग्न सदस्य तथा ग्राहक समुदाय बीच सु सम्बन्ध स्थापित गर्दै मितव्ययिता, स्वावलम्बन एवम् पारस्परिक सहयोग अभिबृद्धि गर्न प्रयास गर्ने ।
(ङ) दैनिक उपभोग्य विविध सामग्रीहरुलाई सुपथ मुल्य एवम् सहुलियत दरमा थोक तथा खुद्रा विक्रि वितरण गर्ने ।
(च) अन्य राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय संगठित सहकारी संघ संस्थाहरुसंग पारस्परिक सुसम्बन्ध स्थापित गर्दै लैजाने ।
(छ) संस्थाको शेयर सदस्यहरुबाट बचत संकलन गर्ने र ऋण प्रवाह गर्ने ।
(ज) रेमिट्यान्स कारोबारलाई अझै बिस्तार गर्दै लैजाने ।
(झ) सहकारी संस्था र सदस्यहरुको कृषि उत्पादनको ब्यवसायिक सुधार र बजारीकरणको व्यवस्था गर्ने ।
(ञ) संस्थाको दिगो विकास गरी सदस्यहरुको हितलाई मध्येनजर गर्दै शिक्षा, स्वास्थ्य, आवासिय परियोजना, (बाख्रा, गाई, वंगुर, कुखुरा अन्य पसुपंन्छी तथा मिश्रीत तरकारी खेती) जल विद्युत परियोजना, वैकल्पिक उर्जा सञ्चार, चामल मिल उद्योग, कृर्षि पर्यटन, झोला उद्योग, अगरवत्ती उद्योग, वेकरी उद्योग, मर समला उद्योग,रिसोर्ट सञ्चालन गर्न, बजारीकरण गर्न, प्राविधिक तथा अन्य तालिम सञ्चालन गर्ने । यस सम्बन्धि परियोजना एक्लै वा उद्देश्य मिल्ने अन्य संघ संस्था संग मिलेर लगानी गर्ने ।
(ट) संस्थाको स्वीकृत कार्यक्षेत्र भित्र लघुवित्त कार्यक्रम सञ्चालन गरी ग्रामिण महिलाहरुलाई उद्यमी र ब्याबसायी बनाउने ।

१. शेयर सदस्य बृद्धि नभई संस्थाको समग्र वित्तिय सुचाङ्क बृद्धि नहुने भएकाले म र मेरो परिवार सबै प्रतिभामा भन्ने नारा सहित सदस्य विस्तार योजनालाई विशेष प्राथमिकताका साथ कार्यान्वयनमा ल्याईने छ ।
२. शेयर पुँजी संस्थाको वित्तिय मेरुदण्डको रुपमा रहने भएकाले शेयर पुँजी बृद्धिका लागि समिति, उप समिति, शेयर सदस्य र कर्मचारीहरु मार्फत विशेष पहल गरिने छ ।
३. संस्थाले सञ्चालनमा ल्याएको बचतका योजना र विशेषताहरुको बारेमा सदस्यहरुलाई अभिमुखिकरण गरी बचत बृद्धि गर्ने कार्यलाई प्रभावकारी बनाईने छ ।
४. ऋण ब्यक्तिलाई होईन ब्यवसायलाई भन्ने अवधारणा अनुरुप कर्जा लगानीलाई सुरक्षित बनाउदै ब्यवसायको प्रतिफल, कर्जा असुलिका आधार र सुरक्षणको अवस्थाको विश्लेषण गरी कर्जा लगानी प्रकृयालाई छिटो छरितो र सरल बनाईने छ ।
५. संस्थाले सञ्चालन गरेको कृषि तथा पशुपालन परियोजना विस्तारको लागि इच्छुक संस्थालाई साझेदार बनाई परियोजनालाई विस्तार गर्नेे कामलाई निरन्तरता दिइने छ ।
६. संस्थाको स्वीकृत कार्यक्षेत्र भित्रका ब्यक्तिहरुबाट लघुवित्त कार्यक्रम सञ्चालनको लागि अनुरोध भए बमोजिम काठमाण्डौं र भक्तपुरमा सेवा केन्द्र स्थापना गरी सेवा प्रवाह गर्न सरोवारवाला निकायहरुसंग समन्वय गरिने छ ।
७. सदस्यहरुलाई उद्यमी, ब्यवसायिक र आत्मनिर्भर बनाउन सहकारी शिक्षा र विषयगत तालिमहरु प्रदान गरिने छ ।
८. समिति उप समिाति, सदस्य र कर्मचारीहरुको विषयगत सीप तथा क्षमता विकास लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने तालिम, गोष्ठी सेमिनार लगाएत अध्ययन अवलेकन कार्यक्रमहरुमा समेत सहभागिता जनाईने छ ।
९. संस्था स्थापना दिवसको अवसरमा रक्तदान लगायत सामाजिक उत्तरदायित्व वहन हुने कार्यक्रमहरु सञ्चालन गरिने छ ।
१०. संस्थाले सदस्यहरुलाई प्रदान गर्ने वित्तिय तथा गैर वित्तिय सेवा अभैm प्रभावकारी बनाउन र संस्थाको भौगोलिक दायरा अझै फराकिलो पार्न लक्ष्य मिल्ने सहकारी संस्थाहरुसंग एकिकरण गर्ने नीति अवलम्बन गरिने छ ।
११. सहकारी सहकारी बीचको अन्तर सहकारी सम्वन्धलाई अझ बढी पारस्पारिक सहयोग हुने गरी विकास गरिने छ ।
१२. संस्थाको आवश्यकताको आधारमा सहकारीका विभिन्न निकायहरुबाट बाह्य ऋण र थोक कर्जा प्रदायक संस्थाहरु संग समन्वय र सहकार्य गरी थोक कर्जा प्रदायकहरुबाट सहुलियत थोक कर्जा लिईने छ ।
१३. सदस्य सेवा र सामजिक उत्तरदायित्व वहन गर्ने कार्यलाई अझै प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याईने छ । विभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरिने छ । लघुवित्त कार्यक्रम अन्तरगत स्वीकृत नीतिको अधिनमा रहेर कर्जा मिनाह, मृतक शेयर सदस्यको परिवार र श्रीमानको मृत्यु भएका सदस्यलाई किरीया खर्च प्रदान, आगलागि तथा बाढी पहिरो प्रभावित सदस्यलाई सहयोग र सुत्केरी स्याहार तथा पोषण खर्च प्रदान गर्ने कार्यलाई प्रभावकारी बनाईने छ ।
१४. नयाँ बर्ष २०७७ सालको भित्तेपात्रो प्रकाशन गरिने छ ।
१५. संस्थाको मुख पत्रको रुपमा प्रकाशित यात्रा सहकारीको नामक वुलेटिन प्रकाशन गरी सम्पूर्ण सदस्यहरुलाई संस्थाको गतिविधि र सहकारी अभियानको बारेमा जानकारी गराईने छ ।
१६. उत्कृष्ट कारोबार गरी संस्थालाई आर्थिक सामाजिक रुपमा सबल बनाउने सदस्यहरुलाई विभिन्न कार्यक्रमहरुमा सम्मान तथा पुरस्कृत गरिने छ ।
१७. युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयबाट प्रदान गरिने थोक युवा स्वरोजगार कर्जा थप माग गरी सदस्यहरुलाई लगानी गरी स्वरोजगार बनाउँदै लैजाने कार्यक्रमलाई निरन्तरता दिईने छ ।
१८. संस्थामा भएका विभिन्न बचत योजनाहरुलाई प्रभावकारी ढंगबाट घरदैलो कार्यक्रम मार्फत सदस्यमाझ लैजाने कार्यक्रमलाई अझै समय सापेक्ष बनाईने छ ।
१९. विभिन्न सहकारी, सरकारी र गैरसरकारी संघ÷संस्थाहरुमा प्रस्तावना पेश गर्ने र उपलब्ध अनुदान तथा सहयोगहरु ग्रहण गर्ने कार्यलाई निरन्तरता दिईने छ ।
२०. शेयर सदस्यहरुको सामाजिक सुरक्षाको लागि १ लाख सम्मको दुर्घटना वीमा र १० हजार सम्मको औषधी उपचार वीमाको ब्यवस्था मिलाईने छ । भने संस्थामा कार्यरत कर्मचारीहरुको ५ लाख सम्मको दुर्घटना वीमा र २५ हजार सम्मको औषधी उपचार वीमाको ब्यवस्था मिलाईने छ ।
२१.सदस्यहरुलाई विप्रेषण सेवा र ई सेवा उपलब्ध गराईदै आएकोमा विभन्नि सेवा प्रदायकहरुसंग सम्झौता गरी मोवाइल बैंकिङ लगाएतका अन्य सुविधाहरु उपलब्ध गराईने छ ।
२२. सहकारीकर्मीहरुको विशेष दिनको रुपमा रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी दिवसका कार्यक्रमहरुमा संस्थाको पहिचान सहित सहभागिता जनाईने छ ।
२३. स्वास्थ्यसँग सम्बन्धी सहयोगी साझेदार सेवा प्रदायकहरु संग सहकार्य गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ ।
२४. संस्थाको स्थापना कालिन कार्य तथा उद्देश्य पुरा गर्न र सदस्यहरुको आवश्यकता अनुसारका कार्यक्रम तर्जुमा गर्न पाँच वर्षिय ब्यवसायिक रणनीतिक योजना निर्माण गरि कार्यान्वयन गरिने छ ।
२५ नेपालीहरुको राष्ट्रिय पर्वको रुपमा मनाईने वडा दशै, दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा सदस्यहरुबीच शुभकामना आदान प्रदान तथा घरदैलो कार्यक्रम सञ्चालन गरिने छ ।

२६. समिति उप समिति कर्मचारी तथा शेयर सदस्यहरु बीच पुर्नताजकिय कार्यक्रमहरु सञ्चालन गरिने छ ।
२७ संस्थाको भवन, कार्यकक्षहरु र परियोजनाहरुमा निर्मित पुर्वाधारहरुको आवश्यकता अनुसार मर्मत संभार गरिने छ ।

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि

सहकारी मार्फत सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरण गर्ने उद्देश्यले यस सहकारी संस्था २०५७ साल असार ५ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता गरिएको हो । सहकारीको विश्वब्यापी मुल्य र सिद्धान्त अनुसार यस संस्थाले आफ्नो स्थापना काल देखि नै सदस्यहरुको सेवा र सामाजिक उत्तरदायित्व बहन गर्ने कार्य गरिरहेको छ ।

“दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै सदस्यहरुको आर्थिक, सामाजिक र सास्कृतिक रुपान्तरणको लागि सहकार्य गरिरहेको यस संस्थाको स्वीकृत कार्यक्षेत्र ललितपुर, काठमाण्डौं, भक्तपुर, काभ्रेपलान्चोक, धादिङ, मकवानपुर र चितवन जिल्लाभर रहेको छ । सदस्यहरुको वित्तिय समाधानको पहिलो रोजाईको रुपमा रहने परिकल्पना र सदस्यहरुलाई सर्वसुलभ उचित, प्रतिस्पर्धी, गुणस्तरिय वित्तिय तथा गैर वित्तिय सेवा तथा परामर्श प्रदान गरी आर्थिक सामाजिक विकासमा योगदान पु¥याउने ध्येय यस संस्थाको रहेको छ ।

बहुउद्देश्यीय परियोजना अन्तरगत ललितपुरको ठेचोमा कृषि तथा पसुपालन परियोजना र नख्खुमा सहकारी कृषि बजार सञ्चालन गरेका छौं । कृषि तथा पसुपालन परियोजना विस्तार र व्यवस्थापनको लागि ललितपुरको लेलेमा ३२ रोपनी जग्गा खरिद गरी परियोजनाको संभाव्यता अध्ययन भईरहेको छ । स्थापना कालिन समयमा २५ जना सदस्यहरुबाट स्थापना गरिएको यस संस्थामा हाल ८००१ जना महिला २५२३ जना पुरुष गरी जम्मा १०५२४ जना शेयर सदस्यहरु आवद्ध भएका छन् । कुल सदस्यहरुबाट यस आ.व ०७५/०७६ सम्म शेयर संकलन रु ४,७९,७२,६००/– रुपैंयाँ, बचत संकलन रु ४९,५१,८५,५३८/– रुपैयाँ गरी सदस्यहरुको ब्यवसाय प्रर्वधनको लागि ४४,७७,६६,५४७/– पैसा ऋण लगानी गरिएको छ । सदस्यहरुको साथ, सहयोग, विश्वास र भरोसाको कारण हामीले सहकारी संस्था र विभिन्न परियोजनाहरु समेत गरी ५२ जना पुर्णकालिन कर्मचारीहरु मार्फत गुणस्तरिय सेवा प्रदान गरिरहेको छ ।

  • बर्षको अनुभव
  • खुशी कस्टमर
  • %

    सन्तुष्टि

बचत सेवाहरु

१. मासिक बचत खाता  रु २००।– मा खाता खोल्न सकिने ।  दैनिक मौजदातको...

लघुवित्त सेवा

देशमा रहेको आर्थिक, सामाजिक, साँस्कृतिक तथा मानसिक गरिवी र सो बाट सिर्जित असमानता कम गर्ने...

कर्जा सेवाहरु

संस्थाले सञ्चालनमा ल्याएको कर्जाका प्रकारहरु  ऋण माग गर्ने सदस्यले पुरा गर्नुपर्ने शर्तहरु ः (क)...

कृषि तथा पशुपालन परियोजना

नेपालको ईतिहासलाई हेर्ने हो भने कृषि जन्य वस्तु निर्यात गर्ने राष्ट्रको रुपमा नेपाल रहेको पाईन्छ...

सहकारी कृषि बजार

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र एकिकृत कृषि विकास सहकारी संस्था लिमिटेड को संयूक्त लगानीमा...

वित्तीय योजना

वित्तीय योजना भनेको पूँजीको आवश्यक अनुमान गर्ने र यसको प्रतिस्पर्धा निर्धारण गर्ने प्रक्रिया हो।

हामी सल्लाह परामर्श व्यवसाय वित्तीय मा ध्यान केन्द्रित गर्दछौं

ताजा समाचारहरू

सबै
Image

धुर्मुस सुन्तली फाउन्डेशन र प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त पहलमा निशुल्क बिहान बेलुका को भोजनको ब्यबस्थापन

काठमाडौं । बबिस्वब्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणमा नेपाल सरकारले रोकथाम गर्नकालागि लगाइएको लकडाउनका कारन दैनिक ज्यालादारी, मजदुरी गरी छाक टार्नुपर्ने अति बिपन्न, असहाय, बालबच्चा जेष्ठ नागरिक समुहहरू लाई धुर्मुस सुन्तली फाउन्डेशन र प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त...

, 10 Dec, 2019
Image

८ खर्बको दसैं

काठमाडौं : सरकारी तथ्यांक भन्छ– गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब ९८ अर्ब रुपैयाँ भएको थियो। यसपालि झन्डै २४ खर्ब पुग्ने अनुमान छ। दसैं यस्तो चाड हो– जसमा वर्षभरिको खर्चको एकतिहाइ सकिन्छ। त्यस आधारमा यो दसैंमा ८ खर्ब रुपैयाँ...

, 30 Sep, 2019
Image

जोखिममा डिजिटल बैंकिङ

काठमाडौं  १४ भदौ २०७६ : चिनियाँ ह्याकरले एटीएम ह्याक गरी नेपाल र भारतबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी गरे। नबिल बैंकका सुरक्षागार्डको चलाखीले केही अपराधी समातिए। पाँच चिनियाँ नागरिक र एक चिनियाँमूलका फ्रान्सेली नागरिकलाई प्रहरीले पक्राउ गर्‍यो। नेपाल आएका...

Financial, 16 Sep, 2019
Image

नेपालको अर्थतन्त्र ६.३ प्रतिशतले बढ्ने

काठमाडौं : चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ६.३ प्रतिशतले विस्तार हुने अनुमान एसियाली विकास बैंक (एडीबी) ले सार्वजनिक गरेको छ । बहुपक्षीय दातृ संस्था एडीबीले हरेक वर्ष जारी जर्ने बृहद् आर्थिक स्थिति सम्बन्धी प्रकाशनले संघ, प्रदेश र स्थानीय सरकारको विकास खर्च विस्तार...

financial, 16 Sep, 2019

हाम्रो स्थान खोज्नुहोस्


हाम्रो साझेदारहरू